जनतालाई शक्तिशाली बनाउन र समाजमा रहेको शोषण, अत्याचार समाप्त पार्ने वैधानिक आधार नयाँ संविधानले तयार पार्ने विचार व्यक्त गर्दै प्रधान मन्त्री खनालले भने– नयाँ संविधान जारी भएपछि मुलुकमा रहेका सबै वर्गले आफ्नो हक र अधिकार पाउनुका साथै विभेद समाप्त गर्ने ढोका खुल्नेछ।
प्रधान मन्त्री खनालले राष्ट्रको निम्ति रहेको महत्त्वपूर्ण कार्यभार शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रियालाई सफलपूर्वक सम्पन्न गरेमात्र नेपाली समाजलाई अग्रगमनतर्फ लैजान सक्छौँ भन्दै त्यसका लागि वर्तमान सरकारको तर्फबाट अर्जुनदृष्टि राखी अघि बढ्ने प्रतिबद्धता प्रकट गरे।